Logo

१९ फाल्गुण, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित भुम्डोलमा सशस्त्र प्रहरीको एउटा विशेष अपरेसनले सुरक्षा वृत्तमा तरंग पैदा गरिदिएको छ ।

सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोको टोलीले सुराकीका आधारमा छापा मार्दा गोरखा पालुङटार–९ घर भई हाल भुम्डोल बस्दै आएका ३१ वर्षीय आयन सेढाईलाई अत्याधुनिक इन्सास राइफल र विभिन्न किसिमका गोलीगठ्ठासहित नियन्त्रणमा लिएको हो । उनको साथबाट बरामद हतियारको प्रकृति र परिमाणले कुनै गम्भीर सुरक्षा चुनौतीको संकेत गरेको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रहरीले खानतलासीका क्रममा सेढाईको कोठाबाट इन्सास राइफल मात्र नभई एसएलआरमा लाग्ने ४ राउन्ड गोली, दुई थान प्लास्टिक राउन्ड, सटगनको एक राउन्ड गोली, एक थान धारिलो खुकुरी र त्यसको दाप, एउटा बन्चरो र शंकास्पद पाँच थान सिरिन्ज समेत फेला पारेको छ । सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टका अनुसार बरामद गरिएका यी सामग्री र पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।

सबैभन्दा संवेदनशील पक्ष त के छ भने, बरामद गरिएको उक्त इन्सास राइफल र गोलीगठ्ठा ुजेनजीु आन्दोलनका क्रममा सुरक्षा निकायबाट लुटिएका हतियार हुन सक्ने प्रहरीको बलियो आशंका छ । आन्दोलनको आडमा हराएका घातक हतियारहरू यसरी सर्वसाधारणको कोठामा फेला पर्नुले सुरक्षा निकायलाई थप सतर्क बनाएको छ । पक्राउ परेका सेढाईले ती हतियार कहाँबाट र कुन प्रयोजनका लागि ल्याएका हुन् भन्नेबारे अहिले जिल्ला प्रहरी परिसर भक्तपुरले गम्भीरताका साथ अनुसन्धान अगाडि बढाएको छ ।


सम्बन्धित समाचार