६ चैत,काठमाडौं । सरकारले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व Eid al-Fitr (इद–उल–फित्र) का अवसरमा चैत ७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
शुक्रबार गृह मन्त्रालय ले सूचना जारी गर्दै नेपाल राजपत्रमा प्रकाशित व्यवस्था तथा मुस्लिम आयोगबाट प्राप्त जानकारीका आधारमा उक्त दिन बिदा दिइएको जनाएको हो।
मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले द्वारा जारी सूचनामा स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बीहरू सहित सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरिएको छ।
सरकारले इद पर्वको महत्वलाई ध्यानमा राख्दै हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ।

















