Logo

७ चैत,काठमाडौं ।काठमाडौं महानगरपालिका–१२ भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदी का अनुसार कालिमाटीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको ओमजनता यातायातको बसले ठक्कर दिँदा भारतका ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिशकुमार कुसवाह गम्भीर घाइते भएका थिए।

बागमती प्रदेश–३–०१–००५ ख ९२९८ नम्बरको बसको ठक्करबाट घाइते भएका उनीहरूलाई शुक्रबार राति राष्ट्रिय ट्रमा सेन्टर पुर्‍याइएको थियो। उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न बस चालक दोलखा घर भई हाल कपन बस्ने ३५ वर्षीय मानबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे प्रहरी वृत्त कालिमाटी ले थप अनुसन्धान गरिरहेको छ।


सम्बन्धित समाचार