७ चैत,वीरगञ्ज । उपकार सेवा नेपाल ले यस महिनामा पनि नियमित रूपमा ठोरी गाउँपालिका–१, भगवाननगरस्थित वृद्ध–वृद्धा आश्रमका आश्रितहरूलाई खाद्य तथा दैनिक उपभोग्य सामग्री वितरण गरेको छ।
संस्थाले आश्रममा बसोबास गर्ने १७ जना अपाङ्ग, सुस्त मानसिक स्थितिका व्यक्ति, वृद्ध–वृद्धा, आमा–बुवा र बालबालिकाहरूको लागि ६० किलो चामल (२ बोरा), ५ किलो साबुन, ४ लिटर खानेतेल, १० किलो मसुर दाल, १० किलो नुन, लुगाधुने साबुन, बेसार मसला लगायतका दैनिक उपभोग्य सामग्री उपलब्ध गराएको छ।
आश्रमका सदस्य शेर बहादुर थिङ लाई बोलाएर आयोजित कार्यक्रममा संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगी, अभिभावक तथा सामाजिक अभियन्ता प्रकाश थारु ले सामग्री हस्तान्तरण गरेका छन्।
उक्त सामग्री वितरण कार्य उपकार सेवा नेपालले प्रत्येक महिनामा नियमित रूपमा संचालन गर्दै आएको बताइएको छ।

















