७ चैत,काठमाडौं । सुर्खेतकी इनिशा विकको सामूहिक बलात्कारपछि भएको विभत्स हत्याको विरोधमा आज काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।
अधिकारकर्मी र सर्वसाधारणको सहभागितामा भएको प्रदर्शनमा सहभागीहरूले दोषीलाई कडाभन्दा कडा कारबाही गर्न र महिला हिंसा अन्त्य गर्न माग गरेका थिए। प्रदर्शनकारीहरूले “इनिशालाई न्याय देउ”, “बलात्कारीलाई फाँसी देउ”, “महिला सुरक्षाको ग्यारेन्टी गर” जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए।
अधिकारकर्मीहरूले राज्यले महिला र बालबालिकाको सुरक्षामा पर्याप्त ध्यान नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

















