Logo

८ चैत, काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा दोस्रो मुद्दा दायर गरेको छ।

अख्तियार स्रोतका अनुसार विशेष अदालतमा दायर गरिएको उक्त मुद्दामा तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारी सहित २१ जना व्यक्ति र २ वटा कम्पनीलाई प्रतिवादी बनाइएको छ।

यसअघि अख्तियारले पहिलो मुद्दा दायर गर्दा नै विमानस्थल निर्माणका क्रममा राजस्व छुट लगायतका विषयमा थप अनुसन्धान भइरहेको उल्लेख गरेको थियो। सोही अनुसन्धानका आधारमा दोस्रो मुद्दा दायर गरिएको जनाइएको छ।

अख्तियारले विमानस्थल निर्माण प्रक्रियामा अनियमितता भएको आशंकामा विस्तृत छानबिन गर्दै आएको थियो। अब दायर गरिएको मुद्दामाथि विशेष अदालतमा सुनुवाइ हुने प्रक्रिया अगाडि बढ्नेछ।


सम्बन्धित समाचार