Logo

१० चैत,काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने को सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमाथि आज पनि सुनुवाइ हुँदैछ।

हिजो न्यायाधीशद्वय विनोद शर्माअब्दुल अजीज मुसलमान को संयुक्त इजलासमा उक्त रिटको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो।

महान्यायाधिवक्ता सविता भण्डारी ले गत पुस ३० गते लामिछानेविरुद्ध कास्की, काठमाडौं, रुपन्देही र पर्सा जिल्ला अदालतमा दायर मुद्दामा संगठित अपराध र सम्पत्ति शुद्धीकरणको दाबी हटाउने गरी अभियोगपत्र सच्याउने निर्णय लिएकी थिइन्।

यस निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानूनका विद्यार्थी आयुष बडाल र अदालती अभियन्ता युवराज पौडेल ले मुद्दा दायर गरेका छन्।

यसअघि न्यायाधीशद्वय शारङ्गा सुवेदीसुनीलकुमार पोखरेल को संयुक्त इजलासले महान्यायाधिवक्ताको निर्णयसम्बन्धी कागजात झिकेको थियो।


सम्बन्धित समाचार
भर्खरै