१० चैत,चितवन। भरतपुर महानगरपालिका–११ स्थित इनर भिजन सोसाइटी नेपाल ले पवित्र देवघाट धाममा असहाय ज्येष्ठ नागरिकहरूलाई निःशुल्क दाह्री तथा कपाल काट्ने सेवा प्रदान गरेको छ।
सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित कार्यक्रममा करिब १५ जना ज्येष्ठ नागरिकले सेवा प्राप्त गरे। कार्यक्रममा सुरज सापकोटा समेत सहभागी भई छोटो मन्तव्यमार्फत यस्ता मानवीय कार्यले समाजमा सकारात्मक ऊर्जा फैलाउने र अन्य संस्थाहरूलाई प्रेरणा दिने विश्वास व्यक्त गरे।
कार्यक्रममा देवघाटस्थित अस्थायी प्रहरी बिट र स्थानीयहरू समेत सक्रिय सहभागी थिए। संस्थाका अध्यक्ष दामोदर देवकोटा ले समाजका असहाय र ज्येष्ठ नागरिकलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै यस्ता कार्यक्रमले मानवता, सहकार्य र सेवा भावको विकासमा योगदान पुर्याउने बताए।
अध्यक्ष देवकोटाले आगामी दिनहरूमा पनि यस्ता सेवा कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

















