Logo

१९ चैत,वीरगञ्ज । वातावरण संरक्षण र शहरी सौन्दर्य अभिवृद्धिलाई लक्षित गर्दै वीरगंज महानगरपालिका, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर तथा सशस्त्र प्रहरी बल नेपालको संयुक्त आयोजनामा मितेरी पुल क्षेत्रमा बृहत् वृक्षरोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

प्रकाश खेतानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न निकायका प्रतिनिधि तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्की रहेका थिए भने विशिष्ट अतिथिमा सशस्त्र प्रहरी भन्सार गुल्मका डीएसपी विकास अधिकारी सहभागी भएका थिए।

यसैगरी कार्यक्रममा डा. किरन पौडेल, ट्राफिक प्रहरी प्रमुख युवराज कटुवाल, सचिन, निर्मला शर्मा, सुमित्रा नेपाल, कविता यादव (आफन्त नेपाल), नगर प्रहरी नायब निरीक्षक लाल प्रसाद लुइटेल तथा सशस्त्र प्रहरी नायब निरीक्षक अनिल कुमार ठकुरलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमअन्तर्गत मितेरी पुल आसपास क्षेत्रमा वृक्षरोपण गर्नुका साथै सरसफाइ अभियान सञ्चालन गरिएको थियो। साथै रोपिएका बिरुवाहरूको अवस्थाबारे निरीक्षण गर्दै तिनको संरक्षण र नियमित हेरचाहमा विशेष जोड दिइएको आयोजकले जनाएको छ।

स्थानीय समुदाय, प्रहरी तथा विभिन्न संघ–संस्थाको संयुक्त पहलमा सञ्चालन गरिएको यस अभियानले वातावरण संरक्षणप्रति सकारात्मक सन्देश प्रवाह गरेको छ। आयोजकहरूले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।


सम्बन्धित समाचार