Logo

२१ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र करिब १९०० सहकारी सञ्चालनमा छन्। तर, सञ्चालनमा रहेका यी सहकारीमध्ये आधाभन्दा बढीले नियमित रूपमा वार्षिक प्रतिवेदन बुझाउँदैनन्। कामपा सहकारी विभागका अनुसार करिब ७२३ सहकारीले मात्रै नियमित रूपमा आफ्नो प्रतिवेदन बुझाउने गरेका छन्।

महानगरका सहकारी विभाग प्रमुख धुव्रकुमार काफ्लेका अनुसार महानगरले लामो समयदेखि सहकारीहरूलाई वार्षिक प्रतिवेदन बुझाउन पटकपटक निर्देशन दिँदै आएको छ। तर, धेरै सहकारीले विभिन्न बहानामा प्रतिवेदन बुझाउन छाडेका छन्। कानुनी प्रक्रिया अघि बढाउने तयारी गरिएको पनि काफ्लेले बताए।

उनका अनुसार केही सहकारी सम्पर्कमै आउँदैनन् भने कतिपय कानुनविपरीत ऋण प्रवाह गर्ने सहकारीले पनि नियमित प्रतिवेदन नबुझाउने अभ्यास गर्दै आएका छन्। काफ्लेले भने, “ती सहकारीहरूले तत्काल वार्षिक साधारणसभा सम्पन्न गरी लेखापरीक्षण प्रतिवेदन र साधारणसभाको निर्णय महानगरमा बुझाउनुपर्छ।”

महानगरले प्रतिवेदन नबुझाएका सहकारीलाई खारेजी प्रक्रियामा लैजाने तयारी गर्दैछ। यसअघि वार्षिक प्रतिवेदन बुझाएर मात्रै बचतकर्ताको रकम सुरक्षित गर्न सकिने व्यवस्था गरिएको छ।

सहकारी विभागले बचतकर्तालाई पनि सचेत गराउँदै भनेको छ कि धेरै उच्च ब्याजको लोभमा अनियमित सहकारीमा पैसा राख्दा जोखिम हुन सक्छ। काफ्लेले बताए, “पैसा बचत गर्नु अघि सोधपुछ गर्नुपर्छ – सहकारी कानुनअनुसार सञ्चालन भइरहेको छ कि छैन, लेखापरीक्षण नियमित भएको छ कि छैन, ब्याजदर स्वाभाविक छ कि छैन, वित्तीय पारदर्शिता कस्तो छ, नियामकको निगरानी छ कि छैन जस्ता कुरा बुझ्नुपर्छ।”

उनले थपे, “साथी, आफन्तले सञ्चालन गरेको सहकारीमा सजिलै पैसा राख्ने सोच राख्नु भन्दा पहिले नियम, निगरानी र लेखापरीक्षणको अवस्थाबारे ध्यान दिनुपर्छ। अन्यथा, बचत डुब्न सक्छ।”

हाल धेरै सहकारीहरू मिलेर सञ्चालन भइरहेका कारण नियम पाल


सम्बन्धित समाचार