Logo

२१ चैत,काठमाडौं । औषधि व्यवस्था विभाग ले औषधि बिक्रीवितरण तथा भण्डारणलाई सुरक्षित, व्यवस्थित र गुणस्तरीय बनाउन ‘कुशल फार्मेसी अभ्यास’ र ‘कुशल भण्डारण तथा वितरण अभ्यास’ अनिवार्य रूपमा पालना गर्न आग्रह गरेको छ।

विभागले आज जारी गरेको सूचनामा औषधि बिक्री–वितरण संहिता, २०८० कार्यान्वयनमा आइसकेको जानकारी दिँदै नयाँ थोक तथा खुद्रा औषधि पसलहरूले तोकिएका मापदण्डअनुसार पूर्वतयारी पूरा गरी प्रमाणीकरणका लागि आवेदन दिनुपर्ने जनाएको छ।

नयाँ दर्ता हुने फार्मेसी तथा थोक पसलले संहितामा उल्लेखित सबै मापदण्ड पूरा गरेपछि मात्र दर्ता प्रक्रिया अघि बढाइने विभागले स्पष्ट पारेको छ। साथै, हाल सञ्चालनमा रहेका औषधि पसलहरूले पनि क्रमशः सबै मापदण्ड पूरा गर्नुपर्ने उल्लेख गरिएको छ।

विभागका अनुसार मापदण्ड उल्लङ्घन गरेमा औषधि ऐन, २०३५ तथा प्रचलित कानुनअनुसार कडा कारबाही गरिनेछ।


सम्बन्धित समाचार
भर्खरै