Logo

२२ चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–छपकैया–२ स्थित सामुदायिक प्रहरी सेवा केन्द्रमा सेवाग्राही र सुरक्षाकर्मीहरूको सुविधाका लागि शुद्ध खानेपानीको व्यवस्था गरिएको छ। केन्द्रमा १०० लिटर क्षमताको आरओ (RO) वाटर फिल्टर कूलर जडान गरिएको छ।

केन्द्रका अध्यक्ष हाजी ग्यासुद्दिन ठाकुराइ को पहलमा र रुङ्गटा वेलफेयर सोसाइटीका प्रतिनिधि सुरेश रुंगटाको सहयोगमा यो सुविधा उपलब्ध गराइएको छ।

अध्यक्ष ठाकुराइले भने, “केन्द्रमा दैनिक आउने सर्वसाधारण र ड्युटीमा खटिएका सुरक्षाकर्मीहरूको स्वास्थ्य र सुविधा हाम्रो प्राथमिकता हो। यस सहयोगले सेवा केन्द्रलाई अझ व्यवस्थित र सेवामैत्री बनाउन मद्दत पुर्‍याएको छ।”

शुद्ध खानेपानीको जडानपछि सेवा लिन आउने सर्वसाधारण र केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरूले प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको छ। यसले सेवा केन्द्रको वातावरणलाई थप सहज र व्यवस्थित बनाउन सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया–२ परिवारले सहयोगी संस्था र व्यक्तिहरूप्रति आभार व्यक्त गर्दै, आगामी दिनमा पनि यस्ता सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।


सम्बन्धित समाचार