२२ चैत,काठमाडौं । प्रहरी हिरासतमा रहेका कलाकार सागर लम्साल बले लाई आज बयानका लागि सरकारी वकिल कार्यालय लगिएको छ। उनलाई हिरासत म्याद थप गर्नु अघि उपस्थित गराइएको हो।
बलेलाई हिजो अमेरिकाबाट एक महिला कलाकारले सामाजिक सञ्जालमा पोस्ट गरेको स्टाटसको आधारमा पक्राउ गरिएको थियो। प्रहरीले उनलाई हत्कडीसहित थुनुवा पोशाकमा सरकारी वकिल कार्यालय पुर्याएको बताइएको छ।
हालसम्म बलेविरुद्ध कुनै जाहेरी दर्ता नभए पनि प्रहरीले शान्ति सुरक्षामा अवरोध पुर्याएको आरोपमा अदालतमा मुद्दा चलाउने तयारी गरेको छ।

















