Logo

२३ चैत, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गर्नुभएको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले संसद्को नियमावलीबमोजिम उक्त समिति गठन गरी सदस्यहरूको नाम मनोनयन गरिएको औपचारिक जानकारी गराउनुभएको हो । संसद्को कार्यसूची तय गर्ने र सदन सञ्चालनका प्राविधिक पक्षमा सभामुखलाई परामर्श दिने यो समितिमा विभिन्न राजनीतिक दलको प्रतिनिधित्व हुने गरी सदस्यहरू छनोट गरिएको छ ।

सभामुखले सार्वजनिक गर्नुभएको नामावलीअनुसार समितिमा अचुतम लामिछाने, अप्साना बानु, आरएन राई, केपी खनाल, कामिनी चौधरी, क्रान्तिशिखा धिताल र खुस्बु ओली रहनुभएको छ । त्यसैगरी सदस्यहरूमा गणेशसिंह ठगुन्ना, गुरुप्रसाद बराल, गंगालक्ष्मी अवाल, तपेश्वर यादव, देवराज पाठक, नरेन्द्रकुमार केरुङ, प्रकाशचन्द्र परियार, र निशा डाँगी मनोनित हुनुभएको छ ।

समितिका अन्य सदस्यहरूमा बोधनारायण श्रेष्ठ, मिनाकुमारी यादव, युवराज दुलाल, राजन गौतम, डा.राम लामा र विपिनकुमार आचार्य रहनुभएको छ। नवगठित यो समितिले अब संसद्का आगामी बैठकहरूका एजेण्डा र सदनको गरिमा कायम राख्ने विषयमा सभामुखलाई आवश्यक सल्लाह र सहयोग प्रदान गर्नेछ ।


सम्बन्धित समाचार
भर्खरै