Logo

२४ चैत, काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १:०० बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने बैठकका लागि संसद् सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

आजको बैठकमा सरकारका तर्फबाट विभिन्न महत्त्वपूर्ण विधेयकहरू सदनमा प्रस्तुत गर्ने तयारी छ । सचिवालयका अनुसार बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

लामो समयदेखि परिमार्जनको पर्खाइमा रहेका पर्यटन र चलचित्र क्षेत्रसँग सम्बन्धित कानुनलाई समयसापेक्ष बनाउन यी विधेयकहरू ल्याइएका हुन् । साथै, अपराध अनुसन्धान र न्याय सम्पादनमा वैज्ञानिक आधार प्रदान गर्ने विधि विज्ञान प्रयोगशालाको व्यवस्थित सञ्चालनका लागि नयाँ विधेयक ल्याउन लागिएको हो । बैठकमा यी विधेयकहरूमाथि सैद्धान्तिक छलफल हुनुका साथै समसामयिक राजनीतिक विषयमा सांसदहरूले शून्य र विशेष समयमा धारणा राख्ने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार