२६ चैत,वीरगञ्ज । महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालको सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा रोहितप्रसाद ठाकुर मनोनयन भएका छन्।
मधेश प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मन्त्रिस्तरीय निर्णयअनुसार उनलाई उक्त जिम्मेवारी दिइएको हो। मन्त्रालयका अनुसार अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति गठन कार्यविधि, २०७९ को दफा ३ को उपदफा १ (क) अनुसार उनलाई अध्यक्षमा नियुक्त गरिएको हो।
नवनियुक्त अध्यक्ष ठाकुरले पदभार समेत ग्रहण गरिसकेका छन्।

















