२७ चैत,वीरगञ्ज । बाराको सिमरामा जेनजी युथ नेपाल, बाराले शुक्रबार आयोजना गरेको रक्तदान कार्यक्रममा १३७ जनाले रगत दान गरेका छन्। सिमरा बिजनेस सेन्टर परिसरमा सम्पन्न उक्त कार्यक्रममा १६ जना महिलासहित कुल १३७ जनाले रक्तदान गरेका हुन्।
रक्तदान गर्नेहरूमा ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक दिवाकर गणेश, प्रहरी निरीक्षक प्रकाश थापा, प्रहरी नायब निरीक्षक नवराज दानी क्षेत्री लगायत स्थानीय बासिन्दा उमेश चौलागाईं, ठाकुर खतिवडा, सुजन स्याङतान, द्धारिका पौडेल, सन्तोष दाहाल, निशान श्रेष्ठ, किसन ढकाल, केदार ढकाल, रिता कंडेल, कविता सापकोटा, झलकनाथ भट्टराई, अमृत बस्याल, सुशान्त शाह, बबिन सुब्बा, आयुश न्यौपाने, अस्मित क्षेत्री, मिसन श्रेष्ठ, सुलभ पौडेल लगायत सहभागी थिए।
रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले दिएको जानकारी अनुसार सहभागी सबैको उत्साहपूर्ण सहभागिताले कार्यक्रम सफल भएको हो।
जेनजी बाराका अध्यक्ष सम्राट उपाध्यायका अनुसार ईलाका प्रहरी कार्यालय सिमराले समेत समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत रक्तदानमा सक्रिय सहभागिता जनाएको थियो।


















