Logo

२८ चैत, काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शीर्ष नेताहरूको सम्पत्ति छानबिन गर्ने प्रक्रिया आफ्नो कार्यकालमै सुरु भएको दाबी गर्दै आफू जुनसुकै प्रकारको छानबिनको सामना गर्न तयार रहेको बताउनुभएको छ।

शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै संयोजक दाहालले सम्पत्ति छानबिनको विषयलाई लिएर आफू कत्ति पनि विचलित नभएको प्रस्ट पार्नुभयो। शीर्ष नेताहरूको सम्पत्ति छानबिन गर्ने निर्णय मेरै प्रधानमन्त्रीकालमा भएको हो, यो कुरा मैले पटक–पटक भन्दै आएको छु, उहाँले भन्नुभयो, सम्पूर्ण छानबिनका लागि म तयार छु, तपाईंहरूले कुरा बुझ्नुहुन्न कि के हो ?

आफ्नो नेतृत्वमा भएका निर्णयहरू पारदर्शी रहेको जिकिर गर्दै उहाँले विगतका निर्णयहरूको पूर्ण जिम्मेवारी लिन आफू तयार रहेको र कुनै पनि छानबिनबाट डराउनु नपर्ने उल्लेख गर्नुभयो। सरकारले अहिले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्डसहित उच्च तहका नेताहरूको सम्पत्ति छानबिन प्रक्रियालाई तीव्रता दिएको छ।

वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैली र कामकारबाहीबारे सोधिएको प्रश्नमा प्रचण्डले अहिले नै टिप्पणी गरिहाल्नु हतार हुने बताउनुभयो। ूसरकारको कामबारे अहिले नै बोल्ने बेला भएको छैन, नेतृत्वलाई केही समय दिनुपर्छ, उहाँले भन्नुभयो, सकेसम्म राम्रो काम होस् भन्ने हाम्रो अपेक्षा छ।ू

प्रचण्डको यो पछिल्लो अभिव्यक्तिले सम्पत्ति छानबिनको मुद्दामा राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ। सरकारले अघि बढाएको यो प्रक्रियाले कस्तो कानुनी र राजनीतिक मोड लिन्छ भन्नेमा आम नागरिकको चासो बढेको छ।


सम्बन्धित समाचार