Logo

 २९ चैत,काठमाडौं । प्रसिद्ध भारतीय गायिका आशा भोस्लेलाई स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ।

मुटुसम्बन्धी (कार्डियाक) तथा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि उनलाई शनिबार ब्रीच क्यान्डी अस्पतालको आईसीयूमा भर्ना गरिएको हो।

९२ वर्षीया भोस्ले पछिल्लो केही महिनादेखि अस्वस्थ रहँदै आएकी थिइन्। भारतीय सञ्चारमाध्यमका अनुसार हाल उनको अवस्था गम्भीर रहेको बताइएको छ।

उनको स्वास्थ्य अवस्थाबारे परिवारले हालसम्म आधिकारिक प्रतिक्रिया दिएको छैन।

भारतीय संगीत क्षेत्रकी दिग्गज गायिका भोस्लेले आठ दशकभन्दा लामो करिअरमा हजारौं गीतमा स्वर दिएकी छन्। उनले हिन्दीका साथै विभिन्न भाषामा गीत गाउनुका साथै थुप्रै लोकप्रिय नेपाली गीतमा समेत स्वर दिएकी छन्।

उनको स्वास्थ्य अवस्थाबारे थप विवरणको प्रतीक्षा गरिएको छ।


सम्बन्धित समाचार