Logo

२९ चैत,वीरगञ्ज ।  प्रादेशिक अस्पताल कलैया परिसरमा सरसफाइ अभियान सञ्चालन गरिएको छ। जेनजी युथ अफ बाराले शनिबार अस्पताल परिसरमा बृहत् सरसफाइ कार्यक्रम गरेको हो।

कार्यक्रम कलैया उपमहानगरपालिका वडा नम्बर ६ मा सम्पन्न भएको हो। अभियान टोलीको नेतृत्व जेनजी युथ अफ कलैया उपमहानगरपालिका समितिका अध्यक्ष सौरभ पाण्डेयले गरेका थिए।

कलैया उपमहानगरपालिकाको सहयोग तथा अस्पताल व्यवस्थापन समितिको समन्वयमा कार्यक्रम सम्पन्न गरिएको हो।

चैत २५ गते गरिएको अनुगमनका क्रममा अस्पताल परिसरमा सरसफाइको अवस्था कमजोर देखिएपछि सुधार गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको अध्यक्ष पाण्डेयले बताए। उनका अनुसार समाजप्रति जिम्मेवारी बोध गर्दै सार्वजनिक स्वास्थ्य संस्थामा सरसफाइमा सहयोग पुर्‍याउने उद्देश्यले अभियान अघि बढाइएको हो।

कार्यक्रममा सौरभ चौगाई, दीपेन्द्र पटेल, सुरज साह, सुरज खनाल, आनन्द गुप्ता, नुर आलम, एजाजुल अन्सारी, सरोज पाण्डे, भोला यादव, प्रशान्त यादव, बलिराम गिरि, रोहाब अन्सारी, शैलेश ठाकुरलगायत युवाहरूको सहभागिता रहेको थियो।

जेनजी युथ अफ बाराका पदाधिकारी तथा स्थानीय युवाहरूले अस्पताल परिसर सफा राख्न निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।


सम्बन्धित समाचार