२९ चैत,काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन्। उनीसँगै पूर्वमन्त्री हिसिला यमी पनि आज भारत प्रस्थान गरेकी हुन्।
भट्टराई ‘डा. राममनोहर लोहिया स्मृति व्याख्यान’ कार्यक्रमको प्रमुख वक्ताका रूपमा सहभागी हुन भारत गएको उनको सचिवालयले जनाएको छ।
कार्यक्रममा आमन्त्रण भएपछि उनी भारत भ्रमणमा गएको बताइएको छ। सचिवालयका अनुसार भट्टराई वैशाख २ गते स्वदेश फर्किने कार्यक्रम छ।
पूर्वप्रधानमन्त्री भट्टराई विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रम तथा वैचारिक छलफलमा सहभागी हुँदै आएका छन्।

















