२९ चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१० मा डेरा गरी बस्दै आएकी एक २० वर्षीया युवती आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन्। रौतहटको दिपही स्थायी घर भएकी ती युवतीलाई शनिबार बिहान करिब ९ बजे कोठाभित्र भेटिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनी मोडलिङ तथा सामाजिक सञ्जाल (टिकटक) मा सक्रिय रहँदै आएकी थिइन्। प्रारम्भिक विवरणअनुसार उनको वैवाहिक जीवनमा पछिल्लो समय तनाव रहेको र व्यक्तिगत सम्बन्धका कारण मानसिक दबाबमा रहेको बताइएको छ।
घटनाअघि उनले सामाजिक सञ्जालमार्फत भावनात्मक अभिव्यक्ति दिँदै भिडियो पोस्ट गरेको समेत खुलेको छ।
करिब सात वर्षअघि प्रेम विवाह गरेकी उनी र श्रीमानबीच पछिल्लो समय सम्बन्धमा समस्या देखिँदै आएको बताइन्छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।