Logo

३० चैत, काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिकामा गएराति भएको कार दुर्घटनामा एक जनाको ज्यान गएको छ । दक्षिणकाली नगरपालिका-८ केराबारीस्थित सडकबाट कार अनियन्त्रित भई तल खस्दा चालकको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार मकवानपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती बीएडी ५२८१ नम्बरको कार राति सवा १० बजे दुर्घटनामा परेको थियो । कार सडकबाट करिब ५०० मिटर तल खोँचमा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा कार चालक काठमाडौँ महानगरपालिका-७ का ३४ वर्षीय सुरज खड्काको मृत्यु भएको हो । प्रहरी टोली घटनास्थल पुग्दा खड्काको मृत्यु भइसकेको थियो । रातको समय र अप्ठ्यारो भूगोलका कारण उद्धारमा समेत कठिनाइ भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको र शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ । तीव्र गति वा सडकको अवस्थाका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।


सम्बन्धित समाचार