१ वैशाख,काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्डको अनुगमन गर्दै निर्धारित समयमै निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई कडा निर्देशन दिएका छन्।
अनुगमनका क्रममा उनले काममा भइरहेको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउँदै यस्तो प्रवृत्ति कुनै पनि हालतमा स्वीकार्य नहुने चेतावनी दिए। साथै, काममा ढिलाइ भएको विषयमा चिनियाँ ठेकेदार कम्पनीलाई समेत ध्यानाकर्षण गराएका छन्।
गुरुङले सडक निर्माण ढिलाइ हुँदा यात्रुहरूले सास्ती भोग्नुपरेको, दैनिक आवागमन प्रभावित भएको र दुर्घटनाको जोखिम बढेको उल्लेख गर्दै यस्तो अवस्थाको छिटो अन्त्य गर्न निर्देशन दिएका छन्।
उनका अनुसार सम्बन्धित पक्षले अबको १५ दिनभित्र सडक निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।