२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का क्रममा पार्टीविरुद्ध गतिविधि गरेको आरोपमा उजुरी दिने समयावधि एक महिना थप गरेको छ।
अनुशासन समितिको आज बसेको बैठकले यसअघि २०८२ चैत मसान्तसम्म तोकिएको समयसीमा बढाएर २०८३ वैशाख मसान्तसम्म पुर्याउने निर्णय गरेको समितिका अध्यक्ष तारामान गुरुङले जानकारी दिए।
उनका अनुसार निर्वाचनका सन्दर्भमा पार्टीका सदस्यबाट अनुशासन उल्लङ्घन भएको भए केन्द्रीय अनुशासन समितिमा उजुरी पेश गर्न थप समय दिइएको हो।
समितिले वैशाख मसान्तपछि प्राप्त हुने उजुरीमाथि भने कुनै कारबाही नहुने स्पष्ट पारेको छ।