Logo

२ वैशाख, काठमाडौं । ट्राफिक नियम उल्लंघन गरेको भन्दै सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिक प्रहरीले कारबाहीस्वरूप चिट काटेको छ।

थापाथलीस्थित सडकमा लेन क्रस गरेको आरोपमा सभामुखको गाडीसहित अगुवा र पछुवा गरी थप दुई वटा गाडीलाई पनि ट्राफिक प्रहरीले चिट काटेको हो।उक्त गाडीहरू नियम उल्लंघन गर्दै सिंहदरबार प्रवेश गरेपछि बुधबार ट्राफिक प्रहरीले सिंहदरबारमै पुगेर कारबाही गरेको जनाएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय स्रोतका अनुसार नियम उल्लंघन गर्ने सबै सवारी साधनलाई समान रूपमा कारबाही गरिएको हो।“नियम उल्लंघन गर्ने सबै समान हुन्, गाडी कसको हो भन्ने आधारमा छुट दिइँदैन,” ट्राफिक प्रहरी स्रोतले जनाएको छ।

लेन अनुशासन उल्लंघनका क्रममा उक्त गाडीहरूलाई कारबाही गरिएको प्रहरीले स्पष्ट पारेको छ।


सम्बन्धित समाचार