Logo

२ वैशाख, काठमाडौं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। पार्टी सभापति गगन थापाको अध्यक्षतामा सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक दिउँसो सवा दुई बजेबाट सुरु भएको हो।

यसअघि आजै कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बसेको थियो। सो बैठकले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग सात दिनभित्र स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

कार्यसम्पादन समितिको आजको बैठकमा वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा गठित अध्ययन समितिले बुझाउने प्रतिवेदनमाथि छलफल हुने बताइएको छ। उक्त समिति जेनजी आन्दोलनका घटनाबारे बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अध्ययनका लागि गठन गरिएको हो।

कांग्रेसले चैत १९ गते कार्की आयोगको प्रतिवेदन अध्ययन गरी राय, सुझाव र सिफारिससहितको निष्कर्ष तयार गर्न खनाल नेतृत्वमा समिति बनाएको थियो।

आजको बैठकमा सोही अध्ययन प्रतिवेदनका आधारमा पार्टीले आयोगको प्रतिवेदनबारे आफ्नो औपचारिक धारणा तय गर्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार