Logo

८ वैशाख,काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भान्स मंगलबार पाकिस्तान प्रस्थान गर्ने तयारीमा रहेको अमेरिकी मिडियाले जनाएका छन्।

अमेरिकी समाचार वेबसाइट एक्सियोसका अनुसार तीन अमेरिकी स्रोतहरूले जेडी भान्सले मंगलबार बिहानसम्म अमेरिका छोड्ने बताएका छन्।

यसैबीच, सीएनएनलाई उद्धृत गर्दै स्रोतहरूले अमेरिकी र इरानी प्रतिनिधिहरूबीचको दोस्रो चरणको वार्ता बुधबार इस्लामाबादमा हुने तय भएको जनाएका छन्। तर इरानले भने यस वार्तामा आफ्नो सहभागिता अझै स्पष्ट पारेको छैन।

उता, केही समयअघि ह्वाइट हाउसले राष्ट्रपति डोनाल्ड ट्रम्पको एक्स (पूर्व ट्विटर) सन्देश सार्वजनिक गरेको थियो। सन्देशमा भनिएको छ, “यदि ट्रम्प प्रशासनको समयमा कुनै सम्झौता भयो भने, यसले इजरायल र मध्य पूर्व मात्र नभई युरोप, अमेरिका र अन्य क्षेत्रहरूमा पनि शान्ति, सुरक्षा र स्थिर वातावरण सुनिश्चित गर्नेछ।”


सम्बन्धित समाचार
भर्खरै