Logo

११ वैशाख,कास्की । कास्की प्रहरीले सञ्चालन गरेको दोस्रो दिनको ‘स्वीप अपरेसन’मा थप ६१ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका युनिटहरूले लागूऔषध कारोबार, सेवन, मदिरा सेवन गरेर सार्वजनिक स्थानमा अशान्ति फैलाउने तथा गुण्डागर्दी गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार बिहीबार राति ९ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म उक्त अपरेसन सञ्चालन गरिएको थियो।

यसअघि पहिलो दिनको अपरेसनमा जिल्लाका विभिन्न स्थानबाट १२२ जनालाई पक्राउ गरिएको थियो।

प्रहरीले समाजमा शान्ति–सुरक्षा कायम राख्न लक्षित अपरेसनलाई निरन्तरता दिने जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै