१४ बैशाख, काठमाडौं । प्युठान जिल्लामा चट्याङको एउटा दुखद घटनामा परी एकै परिवारका बाबुछोराको ज्यान गएको छ ।
जिल्लाको गौमुखी गाउँपालिका–६ लिबाङ निवासी ७० वर्षीय केदार बोहरा क्षेत्री र उनका २८ वर्षीय छोरा रामु बोहरा क्षेत्रीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले पुष्टि गरेको छ ।
आइतबार दिउँसो चट्याङ परेर गम्भीर घाइते भएका उनीहरूलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल बिजुवार पुर्याइएको भए तापनि उपचारकै क्रममा आइतबार राति उनीहरूको मृत्यु भएको हो । यस प्राकृतिक विपत्तिमा परी बाबुछोराको मृत्युले गाउँमा शोक छाएको छ । सोही घटनामा अर्की एक महिला पनि घाइते भएकी छन्, जसको हाल जिल्ला अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पछिल्लो समय मौसममा आएको बदलीसँगै चट्याङका घटनाहरू बढिरहेको सन्दर्भमा यो हृदयविदारक घटना भएको ह । प्रहरीले यस घटनाको सम्बन्धमा आवश्यक थप अनुसन्धान कार्य अगाडि बढाइएको जानकारी दिएको छ ।



















