Logo

१५ वैशाख,माडी । माडी नगरपालिकामा बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य निर्देशनालय, हेटौंडाको आयोजनामा र माडी नगरपालिकाको समन्वयमा निःशुल्क एकीकृत स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।

आगामी २०८३ साल वैशाख १९ र २० गते माडीस्थित बघौडा अस्पतालमा उक्त शिविर सञ्चालन गरिने जानकारी आयोजकले दिएका छन्। शिविरमार्फत स्थानीयवासीलाई एकै स्थानमा विभिन्न विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराइनेछ।

शिविरमा स्त्री तथा प्रसूति रोग, नाक–कान–घाँटी (ENT), छाला रोग, मानसिक स्वास्थ्य, हाडजोर्नी तथा नसासम्बन्धी समस्या, आँखा रोग, जनरल फिजिसियन सेवा तथा सर्जरी सेवा उपलब्ध हुनेछन्। साथै आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा, एक्स–रे तथा प्रयोगशाला परीक्षण, आवश्यक औषधिको निःशुल्क वितरण तथा ५० वर्षमाथिका पुरुषका लागि प्रोस्टेट जाँच समेत गरिनेछ।

आयोजकका अनुसार अनुभवी विशेषज्ञ चिकित्सकहरूको सहभागितामा सञ्चालन हुने यस शिविरले स्थानीय नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा एकै स्थानमा निःशुल्क रूपमा उपलब्ध गराउने लक्ष्य राखेको छ।

माडी नगरपालिकाले शिविरमा समयमै उपस्थित भई सेवा लिन सबै सर्वसाधारणलाई आग्रह गरेको छ। स्वास्थ्य सेवामा पहुँच बढाउने उद्देश्यसहित आयोजना गरिएको यो शिविरलाई महत्वपूर्ण अवसरका रूपमा लिन पनि अनुरोध गरिएको छ।


सम्बन्धित समाचार