Logo

१७ बैशाख, काठमाडौँ । नेपाली कांग्रेसभित्रको शक्ति सन्तुलनमा महत्त्वपूर्ण मानिने डा.शेखर कोइराला समूहको बागमती प्रदेशस्तरीय नेताहरूको भेला आज बालुवाटारमा सुरु भएको छ ।

बालुवाटारस्थित ओपेरा होटलमा आयोजना गरिएको यस भेलामा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका प्रभावशाली नेताहरूको बाक्लो उपस्थिति रहेको छ । भेलालाई आगामी महाधिवेशन र पार्टीको आन्तरिक रणनीति तय गर्ने कसरतका रूपमा हेरिएको छ ।

यस भेलामा बागमती प्रदेशका पूर्वपदाधिकारी, पूर्वकेन्द्रीय सदस्य, वर्तमान तथा पूर्वसांसदहरूका साथै प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यहरूको सहभागिता रहेको छ । पार्टीको संस्थापन पक्षसँगको बढ्दो दुरी र प्रदेश राजनीतिमा आफ्नो पकड बलियो बनाउने उद्देश्यले शेखर समूहले यो भेला आयोजना गरेको बुझिएको छ । भेलामा सहभागी नेताहरूले पार्टीको वर्तमान अवस्था र आगामी दिशाबारे छलफल गर्ने बताइएको छ ।


सम्बन्धित समाचार