Logo

२३ बैशाख, काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनको दायरामा रहेका चर्चित व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवालको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। दुवै व्यवसायीले आफूहरूलाई अनुसन्धानका क्रममा गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सर्वोच्च अदालतले उक्त रिट निवेदनहरूको सुनुवाइका लागि आज बुधबार न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलास तोकेको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी गम्भीर अनुसन्धानमा रहेका दुई प्रभावशाली व्यवसायीको मुद्दालाई सर्वोच्चले प्राथमिकताका साथ ‘हेर्न मिल्ने’ सूचीमा राखेको छ।

व्यवसायी भट्ट र अग्रवालमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामो समयदेखि अनुसन्धान गरिरहेको छ । अनुसन्धानकै क्रममा उनीहरूलाई हिरासतमा राखिएपछि त्यसको वैधानिकतामाथि प्रश्न उठाउँदै उनीहरूले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । राज्यको अनुसन्धान संयन्त्र र व्यवसायीहरूबीचको यो कानुनी लडाइँलाई व्यावसायिक वृत्त र कानुनी क्षेत्रमा चासोका साथ हेरिएको छ ।


सम्बन्धित समाचार
भर्खरै