Logo

२४ वैशाख,वीरगञ्ज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा नेता मनोज चौधरीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

विष्फोटक पदार्थ तथा निर्वाचन सम्बन्धी कसुर मुद्दामा पुर्पक्षका लागि वीरगञ्ज कारागारमा रहेका चौधरीलाई उच्च अदालतले जिल्ला अदालत पर्साको आदेश बदर गर्दै २ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

उच्च अदालतको इजलास नम्बर १ मा न्यायाधीश गोकर्ण डाँगीदुर्गा प्रसाद ढुंगेलको संयुक्त इजलासले उक्त आदेश दिएको हो। उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका सूचना अधिकारी ध्रुव सुबेदीले चौधरीसँग २ लाख ५० हजार रुपैयाँ धरौटी माग गर्ने आदेश भएको जानकारी दिए।

यस्तै, सोही मुद्दाका अन्य प्रतिवादी सत्यनारायण दास थारुसुरज कार्कीको हकमा भने जिल्ला अदालतकै आदेश सदर गरिएको जनाइएको छ।

चौधरीको तर्फबाट अधिवक्ता रामचन्द्र सिंहसुधिर कुमार कर्णले बहस गरेका थिए भने सरकारको तर्फबाट उपन्यायाधिवक्ता बुधिलाल श्रेष्ठले बहस गरेका थिए।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ बाट नेकपाका उम्मेदवार रहेका चौधरीलाई पर्सा जिल्ला प्रहरी कार्यालयले निर्वाचनभन्दा दुई दिनअघि चैत १९ गते पक्राउ गरेको थियो। उनी सवार गाडीबाट विष्फोटक पदार्थजस्तो देखिने शंकास्पद वस्तु फेला परेको आरोपमा चौधरीसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

यसअघि जिल्ला अदालत पर्साले गत चैत १२ गते चौधरीलाई थुनामा पठाउने आदेश दिएको थियो भने अन्य तीन जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। जिल्ला अदालतको आदेशप्रति असन्तुष्टि जनाउँदै चौधरी पक्ष उच्च अदालत पुगेको थियो।

उनीसँगै पक्राउ परेका सहाब आलम अन्सारीसहित अन्य प्रतिवादीलाई भने यसअघि नै जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो।


सम्बन्धित समाचार