२६ वैशाख,काठमाडौं । शुभेन्दु अधिकारी आज पश्चिम बंगालको मुख्यमन्त्रीका रूपमा शपथ लिने भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार शपथ ग्रहण समारोह कोलकाताको ब्रिगेड परेड ग्राउन्डमा आयोजना गरिएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार पूर्व मुख्यमन्त्री ममता बनर्जी को कालीघाटस्थित निवास बाहिर सीआरपीएफका जवानहरू तैनाथ गरिएको छ। साथै शुभेन्दु अधिकारीको चिनार पार्कस्थित घर बाहिर पनि कडा सुरक्षा व्यवस्था गरिएको छ।
शपथ ग्रहण समारोहलाई लक्षित गर्दै ब्रिगेड परेड ग्राउन्ड तथा आसपासका क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेकाले आइआरसीटीसी मैदान क्षेत्रमा समेत सुरक्षा व्यवस्था कडा पारिएको छ।
समारोहमा गृहमन्त्री अमित शाह, एनडीए शासित विभिन्न राज्यका मुख्यमन्त्री, वरिष्ठ भाजपा नेताहरू तथा ठूलो संख्यामा कार्यकर्ताहरू सहभागी हुने बताइएको छ।


















