Logo

 २६ वैशाख,काठमाडौं ।राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ ले प्रधानमन्त्री बालेन शाह माथि नागरिकको घरमात्र नभई सपना समेत भत्काएको आरोप लगाएका छन्।

एक कार्यक्रममा बोल्दै प्रसाईँले निर्वाचन सम्पन्न भएको दुई महिना नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टी लाई मतदान गरेका मतदाता पछुताउने अवस्थामा पुगेको दाबी गरे।

उनले विदेशमा रहेका नेपालीहरूले परिवारलाई “घण्टीमा भोट नहाले घर फर्किन्न” भनेर दबाब दिएको उल्लेख गर्दै अहिले भने नेपालबाट आमाबुबाले “अब घर नै छैन, कुन घर फर्किन्छस् ?” भन्ने अवस्था सिर्जना भएको टिप्पणी गरे।

प्रसाईँले सुरुदेखि नै बालेन नेतृत्वको सरकार अमेरिकाको चाहनाअनुसार बनेको बताएको दाबी गर्दै अहिलेका गतिविधिले आफ्नो आरोप पुष्टि भएको उल्लेख गरे।

त्यस्तै उनले सरकारले न्यायालयमाथि समेत हस्तक्षेप गरेको आरोप लगाए। चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीश सिफारिस गरेर सरकारले न्याय प्रणालीको गरिमा कमजोर बनाएको उनको भनाइ थियो।


सम्बन्धित समाचार