Logo

२९ बैशख, काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनको तयारीका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ ।

पार्टी सभापति रवि लामिछानेको निर्देशनबमोजिम प्रवक्ता मनिष झाले वैशाख ३० गते बिहान ९ बजे काठमाडौँको वनस्थलीस्थित केन्द्रीय कार्यालय ‘घन्टीघर’ मा बैठक बस्ने जानकारी दिनुभएको हो । यस बैठकमा मुख्यतया पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको कार्यतालिका र व्यवस्थापनका विषयमा गम्भीर छलफल हुनेछ भने अन्य समसामयिक राजनीतिक मुद्दाहरूलाई पनि विविध एजेन्डा अन्तर्गत समेटिएको छ ।

स्थापनाको छोटो समयमै सत्ताको बागडोर सम्हाल्न पुगेको रास्वपाले सांगठनिक सुदृढीकरणका लागि यो महाधिवेशनलाई निकै महत्त्वका साथ हेरेको छ ।


सम्बन्धित समाचार