२९ बैशाख, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका १९ प्रमुख सहरहरूको मौसम प्रक्षेपण गर्दै आज देशका विभिन्न भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने जानकारी दिएको छ ।
महाशाखाका अनुसार पोखरा, जिरी र ताप्लेजुङमा पानी पर्ने सम्भावना ७० प्रतिशत रहेको छ भने काठमाडौँ उपत्यकामा ६० प्रतिशत मध्यम वर्षाको प्रक्षेपण गरिएको छ । कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका साथै मधेस प्रदेशका केही स्थानमा समेत वर्षाको सम्भावना देखिएको छ भने उच्च हिमाली भेगमा हिमपात हुन सक्ने बताइएको छ ।
मौसमविद्हरूका अनुसार २४ घण्टामा १० देखि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम वर्षा मानिन्छ र हाल देशका अधिकांश स्थानमा बदलीको अवस्था रहेकाले वर्षा र चट्याङबाट जोगिन आवश्यक सावधानी अपनाउन महाशाखाले सुझाव दिएको छ ।


















