Logo

३० वैशाख, काठमाडौं ।  विपक्षी सांसदहरूले संसद्मा प्रधानमन्त्रीको राजीनामा माग गर्दै बैठक अवरुद्ध गरेका छन्।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल सुरु हुने कार्यसूची रहेकामा प्रधानमन्त्री स्वयं उपस्थित नभएको भन्दै विपक्षी दलका सांसदहरूले विरोध जनाएका हुन्।

संसद्मा प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गर्ने तयारी भएपछि विपक्षी सांसदहरूले आपत्ति जनाएका थिए। त्यसपछि उनीहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै नाराबाजी गरेका हुन्।

विपक्षीको विरोधका कारण केही समय संसद्को बैठक प्रभावित भएको थियो। सत्ता पक्ष र विपक्षीबीच सहमतिको प्रयास जारी रहेको जनाइएको छ।


सम्बन्धित समाचार