Logo

१ जेठ,वीरगञ्ज । बहुदरमाई नगरपालिकाको सडक मर्मत तथा कालोपत्रे ठेक्का प्रकरणमा भ्रष्टाचार आरोप खेपिरहेका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तुफासहित तीन जनालाई विशेष अदालतले सफाई दिएको छ।

विशेष अदालतको इजलास नम्बर १ मा अध्यक्ष न्यायाधीश सुदर्शनदेव भट्ट तथा सदस्य न्यायाधीशहरू डिल्लीरत्न श्रेष्ठविदुर कोइरालाको संयुक्त इजलासले उक्त फैसला सुनाएको हो।

अदालतबाट सफाई पाउनेमा उपसचिव महमद शेरे मुस्तुफा, बहुदरमाई नगरपालिकाका तत्कालीन सहलेखापाल उपेन्द्र कुमार साह र जनप्रतिबिम्ब दैनिकका प्रकाशक सन्जय कुमार साह रहेका छन्।

आर्थिक वर्ष २०८०/०८१ को वार्षिक योजना अन्तर्गत बैरियाको प्रवेशद्वारदेखि नगरदाहाँसम्म सडक मर्मत तथा कालोपत्रे गर्ने योजनाको ठेक्का प्रक्रियामा अनियमितता भएको आरोप लाग्दै आएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेक्का प्रक्रियामा मिलेमतो गरी कमिशनको आधारमा आफू निकट व्यक्तिलाई बोलपत्रमार्फत ठेक्का दिइएको तथा बजेट दुरुपयोग गरिएको दाबी गर्दै २०८२ पुस ९ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

तर, करिब पाँच महिनापछि आएको अदालतको फैसलामा आरोप पुष्टि हुने पर्याप्त प्रमाण नदेखिएको भन्दै तीनै जनालाई सफाई दिइएको हो।


सम्बन्धित समाचार
भर्खरै