Logo

५ जेठ, काठमाडौं । संसद्‌मा स्थापित रैथाने दलहरूको परम्परागत शैलीभन्दा फरक धारको राजनीति गरिरहेको श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा आफ्नो आक्रामक विरोध प्रदर्शनलाई आज पनि निरन्तरता दिएको छ ।

जनसरोकार र श्रम संस्कृतिका मुद्दाहरूलाई लिएर सदनको ध्यान खिच्न प्रयासरत सो पार्टीका सांसदहरूले आजको बैठकमा पनि प्लेकार्डसहित विरोध प्रदर्शन गरेका हुन् ।

बैठकको कार्यसूची अगाडि बढ्नै लाग्दा पार्टीका प्रमुख नेता एवं सांसद हर्क साम्पाङसहितका जनप्रतिनिधिहरूले आ-आफ्नो स्थानबाट उठेर नियमापत्तिसहित प्लेकार्ड प्रदर्शन गरेका थिए । संसद्‌भित्र अप्रत्याशित रूपमा विरोधको यो रूप देखेपछि केही बेर बैठकमा अन्योलता छाएको थियो ।

सभामुखको रुलिङ र ब्याकस्टेप

बैठकको सुरुवातमै श्रम संस्कृति पार्टीका सांसदहरू प्लेकार्ड बोकेर उभिएपछि सभामुखले तत्कालै हस्तक्षेप गरेका थिए । सभामुखले ‘माननीय सदस्यहरू, तपाईंहरूले उठाउनुभएको विषयमा संसद् र मेरो गम्भीर ध्यानाकर्षण भएको छ, कृपया आसन ग्रहण गरिदिनुस, भन्दै रुलिङ गरेपछि मात्रै साम्पाङसहितका सांसदहरू आ–आफ्नो सिटमा बसेका थिए ।

सभामुखको आश्वासन र आसन ग्रहणको आग्रहपछि संसद्को अवरोध हटेको थियो भने रोकिएको नियमित कार्यसूची अगाडि बढेको थियो ।


सम्बन्धित समाचार
भर्खरै