Logo

६ जेठ,काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश प्रदेश सभामा संसदीय दलको नेता चयन गर्ने भएको छ।

पार्टीका अनुसार मधेश प्रदेश सभा परिसरस्थित संसदीय दलको कार्यालयमा आज दिउँसो १२ बजे बस्ने बैठकमार्फत नयाँ दल नेता चयन गरिने तयारी गरिएको छ।

हालै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल मा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी समाहित भएपछि मधेश प्रदेश सभामा दलको शक्ति संरचना परिवर्तन भएको छ।

एकीकरणपछि मधेश प्रदेश सभामा जसपा नेपाल र लोसपा मिलाएर २६ जना प्रदेशसभा सदस्य रहेका छन्, जसमा १८ जना जसपा नेपालका र ८ जना लोसपाका सदस्य छन्।

पार्टी स्रोतका अनुसार दलको नेता चयन सकेसम्म सहमतिका आधारमा गर्ने प्रयास भइरहेको छ। सहमति नभए निर्वाचन प्रक्रियाबाट नेता चयन गरिने तयारी गरिएको छ।

पार्टीभित्रको समझदारीअनुसार यस पटक जसपा पक्षबाटै संसदीय दलको नेता चयन हुने विषयमा दुवै पक्ष सकारात्मक रहेको बताइएको छ।


सम्बन्धित समाचार
भर्खरै