६ जेठ,काठमाडौं । सिंहदरबार परिसरमा निर्माणाधीन प्रतिनिधि सभा भवनभित्रको नयाँ हल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
आगामी जेठ १५ गते हुने बजेट भाषण यही नयाँ सभा कक्षबाट गर्ने तयारी गरिएको बताइएको छ। हाल हलभित्र साउण्ड सिस्टम जडान, क्यामेरा स्थापना, कुर्सी मिलाउने तथा बत्ती जडानजस्ता अन्तिम कामहरू तीव्र रूपमा भइरहेको निर्माण पक्षले जनाएको छ। पटक–पटक म्याद थपिए पनि ढिलाइ हुँदै आएको परियोजनालाई जेठ १५ लाई लक्षित गर्दै अहिले द्रुत गतिमा अघि बढाइएको हो।
निर्माण कार्य पूरा नभएकाले हाल प्रतिनिधि सभा बैठक अस्थायी हलबाट सञ्चालन हुँदै आएको छ। नयाँ सभा कक्ष तयार भएपछि संसद् बैठक नियमित रूपमा त्यहीँ सञ्चालन गरिने तयारी छ।