Logo

 ६ जेठ,काठमाडौं । राजकुमार गुप्ता सँग सर्वोच्च अदालत ले ५० लाख रुपैयाँ धरौटी माग गरेको छ ।

पोखराको लिचिबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका गुप्तालाई सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदीसुनिल कुमार पोखरेल को संयुक्त इजलासले ५० लाख रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक ग्यारेन्टी अथवा जेथा जमानतमा रिहा गरी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।

मङ्गलबार आदेश भए पनि धरौटी रकमसम्बन्धी विवरण इजलासले बुधबार निवेदक पक्षलाई जानकारी गराएको जनाएको छ । पूर्व सामान्य प्रशासन मन्त्री गुप्तालाई विशेष अदालत ले २०८२ पुस १७ गते थुनामा राख्न आदेश दिएको थियो । सो आदेशपछि उनी कारागार कार्यालय डिल्लीबजार मा थुनामा रहेका थिए ।

यसैबीच सर्वोच्च अदालतले पूर्वमन्त्री रन्जिता श्रेष्ठ को हकमा विशेष अदालतले २०८२ फागुन १० गते गरेको आदेशलाई सदर गरेको छ ।


सम्बन्धित समाचार