६ जेठ,काठमाडौं । दुर्गा प्रसाईँ लाई पक्राउ गर्नुको लिखित कारण पेश गर्न सर्वोच्च अदालत ले सरकारलाई आदेश दिएको छ ।
प्रसाईँले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश महेश शर्मा पौडेल को इजलासले पक्राउको आधार र कारण स्पष्ट गर्न सरकारसँग माग गरेको हो ।
साथै इजलासले महान्यायाधिवक्ताको कार्यालय लाई प्रसाईँमाथि भइरहेको अनुसन्धानसम्बन्धी सम्पूर्ण फाइल पेश गर्न पनि आदेश दिएको छ । प्रसाईँलाई गत सोमबार प्रहरीले वीरगञ्ज बाट पक्राउ गरेको थियो । उनी एक कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका बेला पक्राउ परेका हुन् ।