Logo

७ जेठ,काठमाडौं ।  हर्कराज राई (हर्क साम्पाङ) ले आज पनि प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै प्लेकार्ड देखाएर विरोध जनाएका छन्।

प्रतिनिधिसभा को बैठकमा जेठ ४ गतेदेखि निरन्तर आफ्नो स्थानबाट उठेर विरोध जनाउँदै आएका सांसद साम्पाङले बिहीबार पनि सोही शैलीलाई निरन्तरता दिएका हुन्।

बैठकका क्रममा उनले विभिन्न माग राख्दै प्लेकार्ड प्रदर्शन गरेका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्याल ले उनलाई आफ्नो धारणा राख्न समय दिएका छन्।

सांसद साम्पाङको निरन्तर विरोधले प्रतिनिधिसभा बैठकमा ध्यानाकर्षण भएको छ।


सम्बन्धित समाचार
भर्खरै