Logo

७ जेठ,काठमाडौं । हरगोविन्दसिंह प्रधान को निधनपछि शोकस्वरूप आज (बिहीबार) सर्वोच्च अदालत मा बिदा दिइएको छ।

सर्वोच्च अदालत प्रशासनले सूचना जारी गर्दै जेठ ७ गते अदालतका इजलास सञ्चालन नहुने जानकारी गराएको हो।

अदालतका अनुसार पूर्वन्यायाधीश प्रधानको बुधबार निधन भएको थियो। उनको निधनप्रति न्याय क्षेत्र तथा कानुन व्यवसायीसहित विभिन्न क्षेत्रका व्यक्तित्वहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन्।


सम्बन्धित समाचार