Logo

 ७ जेठ,काठमाडौं । निश्कल राई ले प्रतिनिधिसभामा विगतका संसदीय गतिविधि स्मरण गराउँदै सभामुखलाई मर्यादाको पाठ पढाएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अघिल्लो संसदमा हालको सत्तारुढ दलले गरेको विरोधका गतिविधि सम्झाउँदै अहिले भइरहेको प्रदर्शनलाई मात्र अमर्यादित भन्न नमिल्ने बताएका हुन्।

श्रम संस्कृति पार्टी का सांसदहरूले संसदमा प्लेकार्ड प्रदर्शन गरेको प्रसंग उल्लेख गर्दै राईले भने, “आजको सत्तारुढ दल हिजो विपक्षमा थियो । सरकारको जवाफदेहिता खोज्दै निलो स्कार्फ बेरेर वेल घेरेको थियो, वेलमा पलेँटी कसेर बस्ने र पुस्तक पढ्ने काम गरेको थियो । पहिले त्यही कुरा मर्यादित, अहिले कसरी अमर्यादित भयो ?”

उनले त्यतिबेलाका गतिविधि र अहिलेका गतिविधि दुवै अमर्यादित रहेको आफ्नो दलको धारणा रहेको बताए। “त्यो पनि गलत थियो र अहिले पनि गलत भइरहेको छ भन्ने हाम्रो मान्यता छ,” उनले भने।

यसअघि सभामुख डोलप्रसाद अर्याल ले बुधबार श्रम संस्कृति पार्टीका सांसदलाई अमर्यादित गतिविधि नगर्न चेतावनी दिएका थिए।

सांसद राईले प्रधानमन्त्री वालेन्द्र शाह प्रति लक्षित टिप्पणी गर्दै सरकार संसद्प्रति उत्तरदायी बन्न नसकेको आरोपसमेत लगाए। “प्रधानमन्त्रीले सदनलाई देखी नसहने, संसद् देखेपछि एलर्जी नै हुने,” उनले कटाक्ष गरे।


सम्बन्धित समाचार
भर्खरै