८ जेठ,काठमाडौं । कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरीको राजश्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा तालिमका क्रममा ८ जना सशस्त्र प्रहरी जवान बेहोस भएका छन्।
बेहोस हुनेहरूमा बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन्। उनीहरू सशस्त्र प्रहरी जवानको आधारभूत तालिम लिइरहेका प्रशिक्षार्थी हुन्।
सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बेहोसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर अवस्थामा रहेका उनीहरूलाई हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि सुर्खेत लगिएको उनले जानकारी दिए।
तालिमका क्रममा अचानक उनीहरू बेहोस भएको बताइएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।


















