८ जेठ,काठमाडौं । राष्ट्रियसभाको बैठक आज बसेको छ। बैठकमा विभिन्न विधेयकसम्बन्धी महत्वपूर्ण कार्यसूचीहरू प्रस्तुत गरिएको छ।
बैठकमा राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले “वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२” सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबल गर्ने कार्यक्रम रहेको छ।
त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले “विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१” माथि छलफल अघि बढाउने र “भौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१” पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
बैठकमा यी विधेयकहरूमाथि हुने छलफललाई महत्त्वपूर्ण रूपमा हेरिएको छ, किनभने यसले सांस्कृतिक सम्पदा संरक्षण तथा विकास वित्त व्यवस्थापनका नीतिगत आधारलाई अघि बढाउने अपेक्षा गरिएको छ।